|
२०७८ भाद्र १३
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा पहिरोले एक गोठ भत्काउँदा गोठमा रहेका पशुचौपायाको मृत्यु भएको छ ।
आइतबार बिहान पौने ६ बजे साबिक वामी गाबिस वडा नम्बर ७ ठुलाखर्कस्थित नर बहादुर पौडेलको गोठ भत्किएको होे । माथिबाट आएको पहिरोले उनको गोठ भत्कादा एक भैसी र पाडोको मृत्यु भएको छ ।
गोठमा रहेको एउटा माउ भैंसी र त्यही भैसिको आठ महिनाको पाडो गोठ भत्किदा च्यापिएर मरेका छन। त्यही गोठमा रहेको एउटा बोका समान्य घाइते रहेको जानकारी छ।
गोठमा रहेको पराल भाडा कुँडाहरु नष्ट भएको सोही घ्टनास्थलमा पुगेकी प्रशंसा शर्मा गैरेले जानकारी दिइन् ।
अहिले भग्नावशेष हटाउने काम भइरहेको छ । प्रहरी अझै पुग्न सकेको छैन ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्