×

नयाँ दल दर्ता गर्दा झलनाथ खनालसहित ७ नेताको सनाखत नहुने

भदौ ८, २०७८ | दाक्सु मिडिया

काठमाडौं । भौतिक रुपमा उपस्थित हुन नसकेका एमाले बरिष्ठ नेता झलनाथ खनालको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत नहुने भएको छ ।

उपचारको क्रममा भारतको दिल्लीमा रहेका उनले दूतावासमार्फत सनाखत गर्न वारिसनामा पठाएको भएपनि भौतिक रुपमा अनुपस्थितलाई केन्द्रीय कमिटिमा मान्यता दिन नमिल्ने भएको हो ।

यस्तै खनालसहित केन्द्रीय कमितिमा समावेश भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको छ । निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको थियो ।

तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।

यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा जजसको हस्ताक्षर उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने बताए ।

यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो । तर अब साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुनेछ ।

दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: