आजदेखि १८ वर्षमाथिका विद्यार्थीलाई भेरोसेल खोप लगाइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ४

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्।

यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि नै खोपको पहिलो मात्रा दिइने उनले जानकारी दिए छ।

उनका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ। यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले खोप केन्द्र निर्धारण गरेका छन्।

यसका अलवा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइनेछ।

facebook sharing buttonSharetwitter sharing buttonTweet

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *