काठमाडौंमा यहि साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २३

काठमाडौं । सरकारले काठमाडौंमा यहि साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाउने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ।

खोप लगाउनका लागि यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट लिएर गएकालाई मात्रै खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ।

हाल भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा नै अस्ट्राजेनिका खोप लगाइने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *