अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगे

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एकरदुई दिनमै स्वदेश फर्काउने तयारी छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *