मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३०

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *