|
२०८३ बैशाख १५
काठमाण्डौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो । बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको सेयर बजारमा ती संस्थाहरूको केही सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा प्रभाव देखिएन ।
मंगलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांशको नाफासँगै प्रतिसेयर आम्दानीमा सुधार आएको छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि केही घटेको छ । धेरैजसो संस्था लाभांश दिन सक्ने क्षमतामा देखिएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्