भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २०

सिन्धुपाल्चोक । विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर ८५ हजार ९०८ अर्थात् करीब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उहाँले बताउनुभयो ।

अब छ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इञ्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिनुभयो ।

त्यस्तै पहिलो एकीकृत बस्ती शुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानीलगायत काममा सहयोग गरिएको उँहाको भनाइ छ ।

जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन् । वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उँहाले बताउनुभयो ।

पैतीस स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणधीन रहेका छन् । बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ ।

जिल्लामा बन्ने पुरातात्विक सम्पदा गुम्बा सातमध्ये छको डिपिआर भइसकेको छ । मेलम्चीमा एक, हेलम्बुमा चार, ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छको डिपिआर भएको हो ।

लिस्तीकोट गुम्बाको पनि चाँडै काम शुरु गरिने उहाँले जानकारी दिनुभयो । निजी आवस निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *