१५ असार, काठमाडौं । युरोकप अन्तर्गत हिजो भएको खेलमा क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उक्त खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।
डेनमार्कको कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।
सन् २०१२ पछि पहिलो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको स्पेनले अब फ्रान्स र स्वीट्जरल्याण्डबीचको विजेतासँग खेल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया