रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १२

१२ असार, काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थपिएको छ।

२०७८ असार २० गतेसम्म परीक्षा बोर्डले रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पोखरेलले जानकारी दिए अनुसार चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको थियो।

बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ ।

रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ नियमित, आंशिक/ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्नेछन् ।

यसैगरी कक्षा ११ को आंशिक/ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका)ले फारम बुझाउन सक्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *