५१ कम्पनीले गरे सेयर बजारमा चलखेल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १

१ असार, काठमाडौं ‌। नेपालका ५१ ओटा सूचिकृत कम्पनीले सेयर मूल्यमा चलेखेल गरेर बढाइएको पाइएको छ। नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल भएका ५१ कम्पनीको सूचीसमेत सार्वजनिक गरेको छ।

केही समय यता कम्पनीको सेयर मूल्यमा अस्वभाविक रुपमा वृद्धि देखिएकाले बोर्डद्वारा कमिटी नै बनाएर अध्ययन गरिएको थियो ।

उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको हो ।

बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको जनाएको छ ।

चलखेल गर्ने कम्पनीहरुको सुचि

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *