धरानको प्रहरी चौकीमा भएको खुकुरी हानाहानमा परि असई घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १३

विराटनगर । धरानमा स्थानीय युवा को दुई समूहबीच भएको झडप रोक्ने क्रममा प्रहरी चौकीका इन्चार्ज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए अनुसार एउटा समूह उजुरी लेख्न आउँदा पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोजेको कारण त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका हुन्।

७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल माथि खुकुरी प्रहार भएको थियो ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *