लेस्टरले हात पार्यो पहिलो एफए कप

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २

काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि हात पार्न सफल भएको छ । लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

युरी थिलेमन्सले लेस्टरको लागि खेलको दोस्रो हाफमा एक मात्र गोल गरे । लङ रेन्जबाट उनले ६३औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो ।

उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *