
काठमाडौं । भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्न सरकारले तयारी गरेको छ । कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मालाई सिफारिस गरेको हो ।
शुक्रबार बेलुका सीसीएमसीको बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमणले भयावहरुपमा लिएको भन्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।
पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । यो नियम ट्रान्जिट हुँदै आउने विमानमा भने लागु नहुने उनको भनाई छ ।
ढकालका अनुसार आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा ल्याइने छ ।भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया