काठमाडौं : काठमाडौंमा एकहप्ताको ‘निषेधाज्ञा’को अवधिभरि खाद्य र औषधी पसलबाहेकका सबै पसल बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नु भएको आदेश अनुसार “खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्ने ।”
डिपार्टमेन्ट स्टोरको हकमा भने ग्रोसरी कक्षमात्रै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने आदेश जारी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया