वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १३

काठमाडौँ : आज बिहान बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकलेे कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुने र साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको बढ्दो सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।

अत्यावश्यक सेवा भने निषेधाज्ञाका बिच पनि संचालनमा आउने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *