×

भारतमा कोरोना संक्रमण उच्च ,नेपालमा पनि जोखिमको सम्भावना

चैत्र ९, २०७७ | दाक्सु मिडिया

काठमाडौं – भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि सचेतना अपनाउन निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनमा संक्रमितको संख्या बढेको भन्दै नेपालमा कोरोना बाट बच्नका लागि विभिन्न उपायहरु अवलम्बन गर्नका लागि निर्देशन दिएको छ ।

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा नोभेम्बर ११ पछिकै सबैभन्दा धेरै नयाँ संक्रमित देखा परेका छन् ।

पछिल्लो तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि गत नोभेम्बर ११ मा ४८ हजार २८५ संक्रमि देखा परेका थिए ।

यससँगै हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ४५ हजार ७ सय १९ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा २१३ जनाको मृत्यु भएको छ । मृतकको संख्या पनि करिब २ महिनायता कै धेरै रहेको पाइएको छ । यसअघि गत जनवरी ९ मा नै २१३ रहेको थियो । यससँगै हालसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ३ जना पुगेका छन् ।

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या एकाएक बढ्न थालेको छ । हालसम्म १ करोड ११ लाख ४९ हजार ३ सय २४ कोरोनामुक्त भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: