टिकटकमा साथी बनाइएकी युवतीलाई गुरुङले गरे बलात्कार

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १५

इटहरी– टिकटक म्यासेन्जरमा साथी बनेका कास्कीका ३९ बर्षीय राजिव गुरुङले सुनसरीको इटहरीमा युवतीलाई बलात्कार गरेका छन्।

इटहरी–९ स्थित एक होटलमा राखेर युवती बलात्कार गरेको पुष्टि इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

विभिन्न प्रलोभनमा पारेर २७ माघमा होटलमा बोलाएर बलात्कार गरी पैसा तथा सुन लिएर गुरुङ फरार भएको प्रहरीले जनाएको छ।

युवतीको साथमा रहेको ४ आनाको सुनको सिक्री, ४ आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङलाई म्याद थप गरेर अनुसन्धान बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। गुरुङले यसरी टिकटकमा साथी बनाउने र यौनसम्पर्क गरी लुटपाट गरेका अन्य विवरण पनि फेला परिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *