×

नेप्से सुचकमा नयाँ रेकर्ड, २५ सय अंक भन्दा बढी बिन्दुमा

माघ २६, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडाैं – शेयरबजार परिसूचक नेप्सेले २५ सय अंक पार गरेको छ । आज नेप्से सूचक ४८.७४ अंकले बढेपछि नेप्से सूचक २५२४ बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका २०२ कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर खरिदबिक्रि बाट १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से सूचक २५ सय अंक पार भएको तथा कारोबार रकम १० अर्ब नाघेको यो नै पहिलो पटक हो ।

आज कारोबारमा आएका बैंक, विकास बैंक , र म्युचुअल फण्ड समुह बाहेकका सबै सूचक बढेका छन् । आज लघुवित्त समुह सबैभन्दा धेरै ७.७६ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५३ करोड १७ लाख कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा डिप्रोक्स लघुवित्त र शिखर इन्स्योरेन्स रहेका छन् । आज कारोबारमा आएका ३६ कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: