×

ट्विटरले कारबाही गर्‍यो कंगनालाई

माघ २३, २०७७ | दाक्सु मिडिया सम्वाददाता

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौतलाई ट्विटरले फेरि कारबाही गरेको छ । कंगनाको केही ट्विटलाई ट्विटरले हटाएको छ । उनको ट्विट पटक–पटक कम्पनीको नियम विपरित भएको भन्दै हटाइरहन्छ ।

केही दिन अघि मात्र ट्विटरले उनको ट्विटर एकाउन्ट बन्द गर्दिएको थियो । अमेरिकी गायिका रिहान्नाले किसान आन्दोलनको समर्थनमा गरेको ट्विटको कंगनाले विरोध गरेर ट्विट गरेकी थिइन् । कंगनाले नियम उल्लंघन गरेर ट्विट गरेको त्यसलाई हटाएको ट्विटरले बताएको छ ।

यसबारे ट्विटरका प्रवक्ताले भनेका छन्, ‘हामीले ट्विटमाथि एक्सन लिएका छौँ, जसले ट्विटरको नियमको उल्लंघन गरेको थियो ।’ कंगनाले रोहित शर्मा र अन्य क्रिकेटरबारे गरेको विवादित ट्विट पनि ट्विटरले हटाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: