×

जनताले दुख पाएकाे हेर्न गाडीमा सयर गरेर जानुभयाे : प्रधानमन्त्री ओली

माघ २२, २०७७ | दाक्सु मिडिया

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले २/४ जना पार्टीबाट जाँदा फुटेको नहुने तर्क गरे ।

ओलीले प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनतामाथि ज्यादति भएकोप्रति आपत्ति जनाए ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । ‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,’ उनले भने, ‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन ।’

प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’

प्रचण्ड–नेपालले आमहड्तालका क्रममा जनताको गाडी जलाए पनि आफू तमासा हेर्न गाडीमा सयर भएका टिप्पणी गरे । ‘अरुका गाडी जलाउनुभयो, आफू गाडीमा सयर गरेर तमासा हेर्नुभयो, जनताले कति दुःख पाए भनेर,’ उनले भने, ‘अर्काे नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’

उनले भूमिहीन किसानको समस्या समाधान गर्न आयोग गठन गर्दा माधव नेपालले मुद्दा हालेर किसानविरोधी काम गरेको आरोप लगाए । उनले कृषि क्षेत्रका समस्या समाधान गर्ने नेता को हो ? भनेर प्रश्न गर्दै सहभागीहरुलाई सोधेका थिए । जवाफमा ‘माधव नेपाल’ भन्ने नाम आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: