राष्ट्रिय खेलकुदमा आज पाँच खेल हुँदै

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ९, २०८३

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन्।

पुरुष फुटबल र महिला क्रिकेटमा दुई–दुई खेल हुनेछन् भने बास्केटबल, टेनिस र पौडीका विभिन्न विधामा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।

कर्णाली प्रदेशमा जारी प्रतियोगिताका खेल मंसिर ८ गतेदेखि सुरु भएका हुन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *