|
२०८३ भाद्र २३
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज हैजाविरुद्धको खोप पठाएको छ। साथै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ।
रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्