लगानी ठूलो, संरक्षण कमजोर; कान्तितालको अवस्था दयनीय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

राँझा । नेपालगञ्ज–२२ पुरैनीको कान्तिताल अहिले संरक्षणको पर्खाइमा छ। पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरिएको ताल झाडी र बुट्यानले ढाकिँदै गएको छ भने आसपासका संरचना पनि जीर्ण बनेका छन्।

तालमा रहेका रेलिङ भत्किनुका साथै नियमित सरसफाइ र निगरानी नहुँदा स्थानीयले सुरक्षामाथि समेत प्रश्न उठाएका छन्। चराचुरुङ्गीको बासस्थानका रूपमा रहेको ताल संरक्षणमा बेवास्ता भएको भन्दै संरक्षणकर्मीले चासो देखाएका छन्।

उपमहानगरपालिकाले विगतका योजना प्रभावकारी नभएकाले सरोकारवालासँग छलफल गरी नयाँ संरक्षण योजना अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *