गमलामा बिरुवा रोपेर चुरे संरक्षण हुँदैन : सांसद पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ९

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।

गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि बिरुवा रोप्ने अभियान नै सुरु गर्नुपर्ने उनको भनाइ थियो।

‘एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ। त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ। वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ। चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस्,’ उनले भने।

साथै, उनले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताए।

गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन। चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन। चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले सुरु गर्नु जरुरी छ। सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *