|
२०८३ श्रावण ३०
लहान । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने बताएकी छन्।
पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि समय लाग्ने भएकाले उपलब्ध पूर्वाधार र जनशक्तिको प्रयोग गर्दै प्रारम्भिक रूपमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन्। प्रदेश सरकारले २९ जना विशेषज्ञ चिकित्सक पठाइसकेको र अर्थोपेडिक सर्जन तथा एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरिने उनको भनाइ छ।
सिटी स्क्यान, ब्लड बैंकलगायत सुविधा उपलब्ध रहेकाले लहानमा आकस्मिक उपचार सेवा विस्तार गर्न सहज हुने मन्त्री मेहताले बताइन्। स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालमा निरन्तर रहेको पनि उनले स्पष्ट पारिन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्