|
२०८३ श्रावण २
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयबाट ठूलो असर परेमा त्यसलाई तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्।
रौतहटमा आयोजित कार्यक्रममा उनले निर्णय गर्दा उद्देश्य राम्रो भए पनि कार्यान्वयनका क्रममा समस्या आउन सक्ने बताए। त्यस्ता कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
लामिछानेले सरकारको नियतमा शंका नभएको उल्लेख गर्दै गलत दिशामा गए खबरदारी गर्ने र आवश्यक परे पार्टीले अभिभावकको भूमिका निर्वाह गर्ने बताए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्