सुधार गृहमा युवकको मृत्यु, घटनापछि तनाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २४

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ।

प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएका युवकको आइतबार बिहान करिब ४ बजे मृत्यु भएको हो। तर सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले भने उनलाई कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले सुधार गृहमै नाराबाजी गरेका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *