सांसदको हाजिरी हेर्दै रास्वपा, सात दिनमा प्रतिवेदन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा आफ्ना सांसदहरूको उपस्थिति र हाजिरी विवरण अध्ययन गर्ने भएको छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् बैठकमा अपेक्षित उपस्थिति नदेखिएको तथा बैठक सुरु भएपछि सांसदहरू बाहिरिने क्रम बढेको भन्दै हाजिरी विश्लेषण गर्न लागिएको जनाएका छन्।

असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेका प्रतिनिधिसभा बैठकको हाजिरी विवरण संसद् सचिवालयबाट लिएर अध्ययन गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ। उनीहरूले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *