|
२०८३ श्रावण १५
काठमाडौं– सरकारले शिक्षा तथा स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउँदै यसअघि उठाइएको रकम सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आर्थिक ऐनको व्यवस्थाअन्तर्गत उक्त शुल्कमा पूर्ण छुट दिइएको हो। यसअघि सरकारले साउन ५ गते शुल्क खारेज गर्ने घोषणा गरेको थियो भने त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले निर्णयलाई औपचारिकता दिएको थियो।
अर्थ मन्त्रालयले जारी गरेको सूचनामा असुल गरिएको रकम तोकिएको समयभित्र फिर्ता गर्नुपर्ने उल्लेख छ। यदि निर्धारित अवधिमा रकम फिर्ता हुन नसकेमा उक्त रकम सङ्घीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्