काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
परराष्ट्र सेवाका करिअर डिप्लोम्याट बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।
सरकारको निर्णय कार्यान्वयनमा आएसँगै यसैगरी फिर्ता बोलाइनेहरुमा महेन्द्रबहादुर पाण्डेय (चीन), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्धाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफूटी शेर्पा (स्पेन), डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत), लोकदर्शन रेग्मी (बेलायत) फिर्ता हुनुपर्ने छ ।
परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने भएका छन् ।
त्यसैगरी सरकारले भारतसँगका सबै नाका खोल्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर नाकाबाट आवतजावत खुला गर्ने निर्णय भएको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्