आज बस्दै राष्ट्रियसभा, विपद् तयारीदेखि शोक प्रस्तावसम्म छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं– राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको छ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वउपप्रधानमन्त्री तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *