|
साउन १५, २०८३
काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएपछि नेपाल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले निर्दोष नागरिकमाथि भएको हिंसात्मक घटनाको निन्दा गर्दै सबै पक्षलाई संयम अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।
मन्त्रालयले अन्तर्राष्ट्रिय मानवीय कानुन तथा जेनेभा महासन्धिका प्रावधानको पूर्ण पालना गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना व्यक्त गरिएको छ।
सरकारले मृतकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन र परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ। घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्