माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

दाङ : राजपुर गाउँपालिका–२ पीपलडाँडामा माटो संकलन गर्न गएका १३ वर्षीय बालकको ढिस्कोले पुरिँदा मृत्यु भएको छ।

शनिबार दुर्गा सामुदायिक वन क्षेत्रमा माटो खन्ने क्रममा उनी ढिस्कोमा पुरिएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *