|
२०८३ श्रावण ६
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका भारतीय नागरिक शंकर मोतमलाई प्रहरीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ। भारतको हैदरावादका २२ वर्षीय मोतम चोरी मुद्दामा कैद सजाय भोगिरहेका थिए।
गत भदौ २४ गते कारागारबाट फरार भएका उनलाई पुनः नियन्त्रणमा लिएर थप कानुनी प्रक्रियाका लागि केन्द्रीय कारागार कार्यालय, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्