|
२०८३ श्रावण ६
काठमाडौं — बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी शंकर ग्रुपका अध्यक्षसमेत हुन्।
सीआईबीले पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्