धनुषा रास्वपा कार्यालयमा तालाबन्दी, नगर अधिवेशन विवाद चर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

जनकपुरधाम, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भएको नगर अधिवेशनलाई लिएर उत्पन्न विवादले नयाँ मोड लिएको छ। असन्तुष्ट कार्यकर्ताले शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

नगर अधिवेशनका क्रममा दुई समूहले छुट्टाछुट्टै समिति गठन गरेपछि विवाद बढेको हो। एक पक्षले राकेश यादव नेतृत्वको समिति आधिकारिक भएको दाबी गरेको छ। उक्त समितिको नाम केही समय पार्टीको वेबसाइटमा राखिए पनि पछि हटाइएपछि कार्यकर्ताहरू आक्रोशित बनेका हुन्।

तालाबन्दीमा सहभागी पक्षले निष्पक्ष ढंगले पुनः अधिवेशन गराउन माग गरेको छ। राकेश यादवले सबै पक्षलाई समेटेर नयाँ अधिवेशन गर्नुपर्ने बताउँदै त्यसअघि तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।

विवाद समाधानका लागि जिल्ला नेतृत्व सक्रिय नभएको आरोप पनि लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *