माग पूरा नभए डा. केसीले पुनः सत्याग्रह थाल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौं — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना माग सम्बोधन नगरे बिहीबारदेखि अनशन सुरु गर्ने घोषणा गरेका छन्।

दार्चुलाबाट जारी विज्ञप्तिमार्फत उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने, छात्रवृत्ति कटौती तथा मापदण्डविपरीत सिट वृद्धि रोक्नुपर्ने लगायतका माग अघि सारेका छन्।

सरकारलाई दिएको समयसीमाभित्र कुनै पहल नभएकाले २२औँ पटक सत्याग्रह गर्न लागेको डा. केसीले बताएका छन्। उनले माग पूरा नभए उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *