आज देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ५

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश स्थानमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेसका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

हाल कर्णालीसहित केही प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षासँगै चट्याङ र स्थानीय बाढीको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *