|
२०८३ श्रावण ४
काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङ क्षेत्रलाई राष्ट्र निर्माणको महत्वपूर्ण अभियानका रूपमा लिनुपर्ने बताएका छन्।
६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आधुनिक, सुरक्षित र दिगो पूर्वाधार विकासमा इन्जिनियरहरूको भूमिका निर्णायक रहेको बताए।
उनले गुणस्तरीय तथा वातावरणमैत्री पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै देशको समृद्धिका लागि प्राविधिक जनशक्तिको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्