ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीमा सागर ढकालसहित तीन जनाको नाम चर्चामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्य सुरु भएको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकालको नाम चर्चामा छ ।

अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको रूपमा रहेको मन्त्रालयलाई खानेपानी मन्त्रालय समेत जोड्ने तयारी रहेको छ । उक्त मन्त्रालयका गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित ढकाल, धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित बोधनारायण श्रेष्ठ र सप्तरी–२ बाट निर्वाचित रामजी यादवको नाम चर्चामा छ ।

ढकाल ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेका छन् । उनीले अक्सफोर्ड युनिभर्सिटीबाट एमएस्सी गरेका छन् । ढकाल पेसाले इन्जिनियर हुन् ।

त्यस्तै, सप्तरी–२ बाट निर्वाचित रामजी यादव पनि इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । यादवले विद्युत् इन्जिनियरिङमा बीई गरेका छन् । उनी नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा विशेषज्ञता राख्ने व्यवसायिक रूपमा सफल प्राविधिक पनि हुन् ।

त्यस्तै श्रेष्ठ पनि लामो समयदेखि सामाजिक र विकास क्षेत्रमा काम गरेको अनुभव छ । विकास, विपद् व्यवस्थापन र नीति निर्माणमा लामो व्यावसायिक अनुभव उनीसँग रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *