|
२०८३ श्रावण २
काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड प्रतिस्थापनका लागि अनलाइनबाटै आवेदन दिन सकिने सेवा सञ्चालनमा ल्याएको छ। साउन १ गतेदेखि लागू भएको यो सेवाअन्तर्गत ग्राहकले टेलिकमको ई–सिम पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्।
आवेदन स्वीकृत भएपछि ग्राहक वा उनका प्रतिनिधिले सम्बन्धित सेवा केन्द्रबाट ५० रुपैयाँ शुल्क तिरेर नयाँ सिम प्राप्त गर्न सक्नेछन्।
टेलिकमका अनुसार यही पोर्टलमार्फत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नेसमेत सुविधा उपलब्ध रहेको छ। यस सेवाले सिम प्रतिस्थापन प्रक्रिया अझ छिटो र सहज हुने विश्वास टेलिकमले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्