|
२०८३ श्रावण २
काठमाडौं : देशभर मनसुनी प्रणाली सक्रिय रहँदा शनिबार अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ भने दिनभर थप वर्षा हुने अनुमान गरिएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र रातिको समयमा पनि अधिकांश स्थानमा बदली रहने र विशेषगरी हिमाली, पहाडी तथा तराईका धेरै क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
सम्भावित वर्षा र चट्याङका कारण दैनिक जनजीवन तथा सडक यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्