मनसुन सक्रिय : आज पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौं : देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शुक्रबार अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ औसत अवस्थाभन्दा केही उत्तरतिर तथा पूर्वी क्षेत्रमा सामान्य अवस्थामै रहेकाले यसको प्रभाव देशभर देखिएको छ।

यसका कारण बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लासहित कोशी, कर्णाली र सुदूरपश्चिमका केही उच्च भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।नदी–खोला आसपास बसोबास गर्ने, पहाडी सडकमा यात्रा गर्ने तथा बाढी–पहिरोको जोखिम रहेका क्षेत्रमा रहने नागरिकलाई मौसमको अवस्था ध्यानमा राखेर सावधानी अपनाउन पनि महाशाखाले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *