|
२०८३ असार ३२
काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २०७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। परिषद्को बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशलाई नयाँ जिम्मेवारी तोकेको हो।
न्याय प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नियमित प्रक्रियाअन्तर्गत सरुवा गरिएको परिषद्ले जनाएको छ। रिक्त रहेका स्थानमा पदपूर्ति तथा न्यायाधीशहरूको व्यवस्थापनका लागि निर्णय गरिएको बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्