व्यवस्था परिवर्तनको एजेन्डामा सरकारलाई साथ दिने लिङ्देनको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले वर्तमान शासन व्यवस्था परिवर्तन गर्ने पहल गरे आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।

प्रधानमन्त्रीसँग भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीय व्यवस्थाको पुनरावलोकन आवश्यक रहेको धारणा दोहोर्याए। सरकारले त्यसतर्फ कदम चाल्ने हो भने राप्रपा सहकार्यका लागि तयार रहने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *