हेंवा किनारमा तटबन्ध बनेपछि माझीटार बस्तीलाई राहत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

पाँचथर: हेंवा खोलाको कटानबाट जोखिममा रहेको माझीटार बस्ती र खेतीयोग्य जमिन जोगाउन दुवैतर्फ तटबन्ध निर्माण सम्पन्न भएको छ। करिब २७६ मिटर लामो तटबन्ध निर्माणसँगै बाढी तथा कटानको जोखिम केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले तटबन्ध निर्माणलाई सकारात्मक कदम भन्दै आगामी दिनमा तमोर नदीतर्फ पनि थप संरक्षण संरचना आवश्यक रहेको बताएका छन्। वर्षौंदेखि बाढी र कटानका कारण प्रभावित बस्तीमा यो आयोजनाले राहत मिल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *