आज पनि वर्षाको सम्भावना, सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने र मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *