डोलेश्वर महादेवमा श्रावणी मेला सुरुको तयारी सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित डोलेश्वर महादेव मन्दिरमा आयोजना हुने ३८ दिने श्रावणी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आयोजकका अनुसार मेलामा यस वर्ष तीन लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

भक्तजनको सहज दर्शनका लागि सुरक्षा, लाइन व्यवस्थापन, सिसी क्यामरा, स्वयंसेवक परिचालन, यातायात तथा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ। शनिबार र सोमबार विशेष भीड हुने तथा भारतीय धार्मिक पर्यटकको आगमन पनि बढ्ने अनुमान गरिएको छ।

मेलाभर धार्मिक प्रवचन, भजन–कीर्तनलगायतका कार्यक्रम सञ्चालन हुनेछन्। आयोजकले यस वर्ष भेटी संकलन पनि उल्लेखनीय हुने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *