|
२०८३ असार २९
काठमाडौँ : थाइल्याण्डको राजधानी बैंककस्थित एक नाइट क्लबमा सोमबार राति भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये ९ जना पुरुष र १८ जना महिला रहेको थाई सरकारले जनाएको छ।
स्थानीय समयअनुसार राति करिब ११:३० बजे उत्तरी बैंककको ना लाडफ्राओ क्षेत्रमा रहेको क्लबमा आगलागी भएको थियो। दमकल टोलीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको जनाएको छ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेकाले सम्बन्धित निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्